Section 61
बीमा व्यवसायको किसिम
(१) बीमा व्यवसायको किसिम देहाय बमोजिम हुनेछः-

(क) जीवन बीमा व्यवसाय,

(ख) निर्जीवन बीमा व्यवसाय, र

(ग) पुनर्बीमा व्यवसाय ।

(२) जीवन बीमा व्यवसाय गर्ने,बीमकले इजाजतपत्रको अधीनमा रही तोकिए बमोजिमको प्रकार _ (पोर्टफोलियो) को जीवन बीमा व्यवसाय गर्न सक्नेछ।

(३) निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले इजाजतपत्रको अधीनमा रही तोकिए बमोजिमको प्रकार (पोर्टफोलियो) को निर्जीवन बीमा व्यवसाय गर्न सक्नेछ।

(४) पुनर्बीमा .व्यवसाय गर्ने बीमकले गर्ने व्यवसायको प्रकार प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।